Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माधव नेपालको पार्टी जोगियो, सर्वोच्चले दिएन अन्तरिम आदेश

माधव नेपालको पार्टी जोगियो, सर्वोच्चले दिएन अन्तरिम आदेश

दैनिकी न्यूज

८, आश्विन २०७८
माधव नेपालको पार्टी जोगियो, सर्वोच्चले दिएन अन्तरिम आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । सरकारले केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी भदौ १ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् । दुवै दललाई निर्वाचन आयोगले भदौ ९ मा दल दर्ताको प्रमाणपत्र समेत दिइसकेको छ । तर अध्यादेश र त्यसका आधारमा भएको दल दर्ता गलत भएको भन्दै सर्वोच्चमा अधिवक्ता प्रवेश सुवेदी, अर्जुनकुमार अर्याल, दलबहादुर धामी लगायतले रिट हालेका थिए । भदौ ११ र असोज १ मा हेर्न नभ्याइनेमा परेको रिटमा शुक्रबार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । ‘हाम्रो माग अध्यादेश गलत भएको र त्यसका आधारमा भएका सबै कामकारबाही रोकिपाउँ भनेर अन्तरिम आदेश माग गरिएको थियो । तर सर्वोच्चले सो माग अस्वीकार गरेको हो ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २२:५७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology