Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव

कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव

दैनिकी न्यूज

९, आश्विन २०७८
कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव
images

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७–०८८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको नाफानोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरणयोग्य कोषहरुसमेतबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले १८.५ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदनपछि कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - ०७:४७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology