Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सेयर बजार ६१ अंकले घट्यो

सेयर बजार ६१ अंकले घट्यो

दैनिकी न्यूज

१०, आश्विन २०७८
सेयर बजार ६१ अंकले घट्यो
images

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकले घटेको छ । ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७० अंकले घटेर ५१९.३६ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँमा किनबेच भएका छन्।

म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन्। बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

यस दिन ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। १७६ कम्पनीको मूल्य घटेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

मैलुङखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंक, युनिलिभर, मेगा बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक ९साधारण र कन्भर्टिवल सेयर० आशा लघुवित्तको मूल्य सामान्य बढेको छ।

आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो। 

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - १६:१८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology