Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवा सरकारमा को-को हुँदैछन् मन्त्री ?

देउवा सरकारमा को-को हुँदैछन् मन्त्री ?

दैनिकी न्यूज

१२, आश्विन २०७८
देउवा सरकारमा को-को हुँदैछन् मन्त्री ?
images

काठमाडौं । सत्तारूढ दलले बुधबार मन्त्रिपरिषद्ललाई पुर्णता दिने भएका छन् । काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा जाने मन्त्रीहरु चयन हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेपनि राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ । चारदलले मन्त्रिपरिषद्मा पठाउनेको नाम तयार पारिसकेका छन् । बुधबार विहान बस्ने शीर्ष नेताहरूको बैठकमा मन्त्रालय बाँडफाँड हुनेछ ।

काङ्ग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाएको छ । गृह, परराष्ट्र, कानुन न्याय तथा संसदीय व्यवस्था र स्वास्थ्य राज्यमन्त्रीसहित काङ्ग्रेसले ५ जना मन्त्री बनाइसकेको छ । अब २ मन्त्री उसले पाउनेछ । त्यसमा दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजालको नाम चर्चामा छ । यस्तै डा. डिला संग्रौला पनि मन्त्री बन्ने लिष्टमा छिन । माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने समझदारी बनिसकेको छ ।

अर्थ र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लिइसकेको माओवादी केन्द्रले अब पाउने मन्त्रालयमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, शशि श्रेष्ठ, सुरेशकुमार राई, अन्जना विसङ्खेलाई पठाउने तयारी गरेको छ । माओवादी केन्द्रको बुधबार स्थायी कमिटी बैठक बस्दैछ । 

नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालय पाउने निश्चित छ । सो पार्टीबाट विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ लगभग निश्चित छन् । यस्तै अर्को एकजना महिलालाई मन्त्री बनाउने तयारी छ ।

जसपाले राजेन्द्र श्रेष्ठ वा महिन्द्रराय यादवमध्ये एकजनालाई नेतृत्व गरेर देउवा सरकारमा सहभागी गराउँदैछ । यस्तै मोहम्मद इस्तियाक राई, रेणु यादव मन्त्री बन्ने निश्चित भैसकेको छ । ५ मन्त्रालय पाएको जसपाले महन्थ ठाकुर पक्षमा लागेर पनि उपेन्द्र यादव पक्षमा खुलेका केही नेतालाई अवसर दिनेछन् ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २२:२५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology