Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गिम्दीमा माओवादी केन्द्रको वडा कमिटि गठन

गिम्दीमा माओवादी केन्द्रको वडा कमिटि गठन

दैनिकी न्यूज

१३, आश्विन २०७८
गिम्दीमा माओवादी केन्द्रको वडा कमिटि गठन
images

ललितपुर । दक्षिण ललितपुरको बागमती गाउँपालिका–७ गिम्दीमा नेकपा (माओवादी केन्द्र) को वडा कमिटी गठन भएको छ । गिम्दीमा मंगलबार भएको वडा भेलाबाट कप्युनिष्ट आन्दोलनमा लामो अनुभव सङ्गालेका दुर्गा रुम्बाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटिको उपाध्यक्ष राजेन्द्र नेङ्गी, सचिवमा राम थापा मगर, सहसचिवमा मदन रुम्बा, कोषाध्यक्ष मंगलीमाया स्याङ्तान सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख राजु आले मगरको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त भेलामा सचिवालय सदस्य तथा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान, जिल्ला कमिटी सदस्य दिपक पुलामी, वागमती गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष भक्त बहादुर दर्लामी, जिल्ला कमिटी सदस्य काशीनाथ सापकोटा, कृष्णबहादुर बल,पालिका सदस्य हरि प्रसाद दुलाल लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - ०८:१३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology