Logo

सोमवार, श्रावण २५ गते २०८३

images

असोज २० गतेदेखि मध्य भोटेकोशीले आईपीओ निष्काशन गर्दै

असोज २० गतेदेखि मध्य भोटेकोशीले आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

१३, आश्विन २०७८
असोज २० गतेदेखि मध्य भोटेकोशीले आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । असोज २० गतेदेखि मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ असोज २० गते निष्कासन भइ छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ७ गते खुला हुनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन्।

कम्पनीले उत्पादन गर्ने विद्युत् प्रतिमेगावाट १६ करोड ९७ लाख रुपैयाँ लागत लागेको छ । 

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - ०८:२९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology