Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रचण्डको प्रस्ताव निर्वाचन प्रणाली फेरौं

प्रचण्डको प्रस्ताव निर्वाचन प्रणाली फेरौं

दैनिकी न्यूज

१४, आश्विन २०७८
प्रचण्डको प्रस्ताव निर्वाचन प्रणाली फेरौं
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली परिवर्तन गर्ने आवाज उठाए आफूहरूले जित्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उद्घघाटन गर्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गए विजयी हुने बताएका हुन् । उनले अहिलेकाे निर्वाचन प्रणाली दलाल पूँजीपति र नाेकरशाह पूँजीपतिले लड्ने खालकाे निर्वाचन प्रणाली भएकाे भन्दै त्यसलाइ फेर्नु अहिलेकाे आवश्यकता रहेकाे बताए। “यो दलाल पूँजीपति र नोकरशाह पूँजीपतिहरूको पैसामा बिक्ने निर्वाचन प्रणालीको ठाउँमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो भन्यो भने के हुन्छ त ?,” उनले भने, “आन्दोलन हुन्छ, हामी जित्छौँ । मलाई विश्वास छ, हामी जित्छौँ । हतियार उठाउन नि पर्दैन । हिंसामा जानु पनि पर्दैन । लाखौँ जनता सडकमा ल्याइदिएपछि पुग्छ ।” उनले पहिलेको निर्वाचनमा खर्च गर्न नपरेको र अब पैसा खर्च गरे पनि जित्न नसक्ने अवस्था भएको बताए । निर्वाचनको प्रणाली, शाासकीय स्वरूप, संविधान संशोधन लगायतका विषयमा आन्दोलन छेडे ती कुरा प्राप्त हुने उनकाे तर्क छ।

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - २२:२४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology