Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सबैको लघुवित्तले घोषणा गर्यो लाभांश

सबैको लघुवित्तले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

२०, आश्विन २०७८
सबैको लघुवित्तले घोषणा गर्यो लाभांश
images

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७–०७८ को मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले ३१ दशमलव ०५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - १२:१७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology