काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मन्त्री बन्ने ३ जना र १ जना राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
गठबन्धनको सरकारमा माओवादीले ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको थियो । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्।
आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको छ। यस्तै राज्यमन्त्रीमा मोधमाया यादवको नाममा सहमति जुटेको हो ।