Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हिमालयन बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

हिमालयन बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

दैनिकी न्यूज

२१, आश्विन २०७८
हिमालयन बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?
images

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट बोनस र नगद गरि २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांशमा २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद रहेको छ । हाल मर्जर प्रकृयामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको भन्दा हिमालयन बैकको लाभांश प्रस्ताव १० प्रतिशतले बढी हो।

बैंक संचालक समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि तोकिएको मितिसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन।

कोरोना कहरका कारण कतिपय बैंकको लाभांश क्षमता घटिरहेको बेला हिमालयन बैंकले भने लगानीकर्तालाई उत्साहित गराउने गरी लाभांश घोषणा गरेको हो ।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - ०६:५३:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology