Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

शोकमा आज कोन्ज्योसोम गाउँपालिकामा सार्वजनिक विदा

शोकमा आज कोन्ज्योसोम गाउँपालिकामा सार्वजनिक विदा

दैनिकी न्यूज

२२, आश्विन २०७८
शोकमा आज कोन्ज्योसोम गाउँपालिकामा सार्वजनिक विदा
images

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले वडा सदस्यको निधनको शोकमा गाउँपालिकाभर सार्वजनिक विदा दिइएको छ । 

कोन्ज्योसोम गाउँपालिका सभा सदस्य तथा वडा न. १ का सदस्य वीर बहादुर थिङ आज निधन भएको थियो । उनको निधनको शोकमा गाँउपालिकाले शुक्रबार एक दिन गाउँपालिकाभर सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले जारी गरेको सार्वजनिक सूचनामा आज कोन्ज्योसोम गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ । 

 

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १०:३१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology