ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले वडा सदस्यको निधनको शोकमा गाउँपालिकाभर सार्वजनिक विदा दिइएको छ ।
कोन्ज्योसोम गाउँपालिका सभा सदस्य तथा वडा न. १ का सदस्य वीर बहादुर थिङ आज निधन भएको थियो । उनको निधनको शोकमा गाँउपालिकाले शुक्रबार एक दिन गाउँपालिकाभर सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले जारी गरेको सार्वजनिक सूचनामा आज कोन्ज्योसोम गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ ।