Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति आवेदन पर्यो मध्य भोटेकोशीको आईपीओमा ?

कति आवेदन पर्यो मध्य भोटेकोशीको आईपीओमा ?

दैनिकी न्यूज

२६, आश्विन २०७८
कति आवेदन पर्यो मध्य भोटेकोशीको आईपीओमा  ?
images

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा मागभन्दा ४ दशमलव ५६ गुणाले बढी आवेदन परेको छ ।

सीडीएससीका अनुसार कम्पनीको आईपीओमा सोमवार साँझ ५ बजेसम्ममा २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन मागभन्दा ४ दशमलव ५६ गुणाले बढी हो।

कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा सोमवार बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

images
प्रकाशित मिति :आश्विन २६, २०७८ मंगलवार - ०७:२९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology