Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बसले मोटरसाइकललाई ठक्कर दियो, दियाली दाजुभाइकै मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दियो, दियाली दाजुभाइकै मृत्यु

दैनिकी न्यूज

३०, आश्विन २०७८
बसले मोटरसाइकललाई ठक्कर दियो, दियाली दाजुभाइकै मृत्यु
images

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ । गएराति नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हेटौँडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । मोटरसाइकलका चालक को हुन् भन्ने खुलेको छैन । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । symbolic file picture

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - १२:५६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology