Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मकवानपुरमा टाटासुमो दुर्घटनाः दुई जनाको मृत्यु

मकवानपुरमा टाटासुमो दुर्घटनाः दुई जनाको मृत्यु

दैनिकी न्यूज

३१, आश्विन २०७८
मकवानपुरमा टाटासुमो दुर्घटनाः दुई जनाको मृत्यु
images

हेटौडा । मकवानपुरमा टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जका लागि छुटेको ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

शनिबार साँझ भएको दुर्घटनामा परी काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया(७ का ४५ वर्षीय राम सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका चार जनाको हेटौँडा अस्पतालमा र बाँकी चार जनाको ललितपुरको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - ०९:४३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology