Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

मकवानपुरमा टाटासुमो दुर्घटनाः दुई जनाको मृत्यु

मकवानपुरमा टाटासुमो दुर्घटनाः दुई जनाको मृत्यु

दैनिकी न्यूज

३१, आश्विन २०७८
मकवानपुरमा टाटासुमो दुर्घटनाः दुई जनाको मृत्यु
images

हेटौडा । मकवानपुरमा टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जका लागि छुटेको ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

शनिबार साँझ भएको दुर्घटनामा परी काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया(७ का ४५ वर्षीय राम सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका चार जनाको हेटौँडा अस्पतालमा र बाँकी चार जनाको ललितपुरको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - ०९:४३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology