Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चारको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चारको अवस्था गम्भीर

दैनिकी न्यूज

३१, आश्विन २०७८
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चारको अवस्था गम्भीर
images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ । बा२ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार ३५ यात्रु घाइते भएका छन् । बसका सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौं(धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आइरहेको थियो । रासस

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - १९:३२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology