Logo

आइतवार, श्रावण २४ गते २०८३

images

८ जिल्लामा सिडिओको सरुवा

८ जिल्लामा सिडिओको सरुवा

दैनिकी न्यूज

१, कार्तिक २०७८
८ जिल्लामा सिडिओको सरुवा
images

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लामा सिडिओको हेरफेर गरेको छ। असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो।

गृह मन्त्रालयले किरण थापालाई कैलालीको सिडिओ बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई सिडिओको जिम्मेवारी दिएको छ। गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा राजु प्रसाद पौडेललाई सिडिओको जिम्मेवारी दिएको हो।

गृहले कैलालीका सिडिओ खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका सिडिओ विष्णु पौडेल र स्याङजाका सिडिओ दिपकराज नेपाललाई मन्त्रालयमा तानेको छ।

यस्तै गृहले डोल्पाका सिडिओ माधव प्रसाद ढकाललाई राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा गरेको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - ०७:०९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology