Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको बैठकमा आगामी सम्मेलनका विषयमा छलफल

माओवादी केन्द्रको बैठकमा आगामी सम्मेलनका विषयमा छलफल

दैनिकी न्यूज

१, कार्तिक २०७८
माओवादी केन्द्रको बैठकमा आगामी सम्मेलनका विषयमा छलफल
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनलगायतको विषयमा छलफल भएको हो।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा विभिन्न विषय उठान भए पनि निष्कर्षमा नपुगिएको जानकारी दिए। उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए।

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बजे बस्नेछ।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - १४:४६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology