Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

यसरी भयो न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

५, कार्तिक २०७८
यसरी भयो न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
images

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा भएको बाँडफाँटमा भाग्यमानी २ लाख ९ हजार २५० जना आवेदकहरुले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाएका छन् । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि २२ लाख ५५ हजार ८४ जनाबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।

जसमध्य १३ हजार ९४६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध गरिएको छ । योग्य २२ लाख ४१ हजार १३८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो । यस आईपीओ खरिदका लागि आवेदन दिएका मध्य २० लाख ५२ हजारभन्दा बढी आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणमा असोज १५ गतेदेखि १९ गतेसम्म आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणमा कुल २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो ।

सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । 

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - ११:३४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology