Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज पूर्व जाने

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज पूर्व जाने

दैनिकी न्यूज

७, कार्तिक २०७८
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज पूर्व जाने
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि आज पूर्वका जिल्लाहरूमा जाने भएका छन् ।

पश्चिम नेपालका जिल्लामा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौं फर्केका देउवा आज बाढीपहिरो तथा डुबान प्रभावित पूर्वी क्षेत्रको निरीक्षणमा जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम र पाँचथरमा विपद् प्रभावित क्षेत्रको निरीक्षण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।

यसै वीच प्रधानमन्त्री देउवा इलाम र पाँचथरको सीमाना राके बजार आएर बाढी पीडितलाई सम्बोधन गर्नु हुँने भएको छ । 

प्रधानमन्त्री देउवा आजै साँझ काठमाडौं फर्कने कार्यतालिका छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - ०८:३७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology