काठमाडौं । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक सिडिओमा हरिप्रसाद पन्त पठाइएका छन् । हाल सहायक सिडिओ रहेका ललितकुमार बस्नेतलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग पठाइएको छ । गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
त्यस्तै कल्पना घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटामा, ईश्वरीप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय कास्कीमा, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा, मीना अर्याल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा, सागर शाह कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा र श्रवणकुमार पोखरेल कारागार व्यवस्थापन विभागमा सरुवा भएका छन् ।