Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी निकट पत्रकारलाई अधिवेशनको चटारो, काभ्रेमा ४ जना आकांक्षी

माओवादी निकट पत्रकारलाई अधिवेशनको चटारो, काभ्रेमा ४ जना आकांक्षी

दैनिकी न्यूज

१५, कार्तिक २०७८
माओवादी निकट पत्रकारलाई अधिवेशनको चटारो, काभ्रेमा ४ जना आकांक्षी
images

काभ्रे । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारलाई अहिले जिल्ला अधिवेशनको चटारो छ। केन्द्रको परिपत्र अनुसार सकेसम्म तिहार अगाडि नै अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन अनुसार जिल्ला तहमा माओवादी निकट पत्रकारहरू नेतृत्व लिन तँछाडमछाड गरिरहेका छन्।

काभ्रेपलाञ्चोकमा पनि अधिवेशनको मिति १६ कात्तिकलाई निर्धारण गरिएको छ। अध्यक्षका आकांक्षीहरू चार जना भए पनि द्वन्द्व सिर्जना नहुने गरी सर्वसम्मतबाट नेतृत्व चयन गर्ने केन्द्रीय सदस्य यदु गौतमले जानकारी दिए। उनले भने, ‘सकेसम्म मिलाउने प्रयास भइरहेको छ। हामी विश्वस्त छौं कि काभ्रेमा कुनै मतभेद नभइकन नेतृत्व चयन हुन्छ।‘

अहिले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण हुनुपूर्वको प्रेस सेन्टर नै ब्युँझिएको छ। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेको पुरानो नै प्रेस चौतारी र माओवादी केन्द्रको प्रेस सेन्टर ब्युँझिएको हो।

प्रेस सेन्टर काभ्रेको नेतृत्वको लागि अहिले जिल्लामा क्रियाशील पत्रकारहरू रामकृष्ण बन्जरा, सन्तोष दाहाल, रोजन तामाङ, रामप्रसाद ढकाल आकाक्षा देखाएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने अवस्था आए बञ्जराले आकांक्षा देखाएको गौतमको भनाई छ । चारै जनाले प्रेस सेन्टरलाई बलियो बनाउन भावी योजनाहरू प्रस्तुत गर्दै नेतृत्व आफूले गर्न पाउनुपर्ने अडानमा छन्।

पेसागत हकहितको सुनिश्चितता तथा पत्रकारिताका सैद्धान्तिक पाटा र मर्यादाहरूमा कुनै आँच आउन नदिनेगरी प्रेस सेन्टरलाई मजबुत बनाउन उनीहरुले प्रतिबद्धता जनाएका छन्।

भोली हुने जिल्ला अधिवेशनलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर काभ्रेले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - ०८:४३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology