Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो सामलिङ्गको आईपीओ बाँडफाँट

यसरी भयो सामलिङ्गको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

१६, कार्तिक २०७८
यसरी भयो सामलिङ्गको आईपीओ बाँडफाँट
images

काठमाडौं । मंगलबार सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

यो कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म १०० अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।

कम्पनीको आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले २ करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको छ।

गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - ०९:५२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology