Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एचआईडीसीएलले घोषणा गर्यो लाभांश

एचआईडीसीएलले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

१६, कार्तिक २०७८
एचआईडीसीएलले घोषणा गर्यो लाभांश
images

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १५ गते साँझ बसेको सञ्चालक समितिको बबैठकले उक्त निर्णय गरेको हो ।

जसअनुसार २०७८ असार मसान्तसम्म सञ्चित रहेको वितरणयोग्य नाफा तथा जगेडा कोषबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सेयरधनीले उक्ता लाभांश सरकारको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि पाउनेछन् ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - १०:३५:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology