Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

दैनिकी न्यूज

१७, कार्तिक २०७८
ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, एक गम्भीर घाइते
images

जाजरकोट । जाजरकोटको नलगाडमा गए राति ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मत्यु भएको छ । नलगाड नगरपालिका ५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिका तर्फ गइरहेको ट्याक्टर नलगाड – ५ पोखरागाउँ नजिकैको राती १ः ०० वजे झुल्के डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका – ५ पारीगाउँका ६० वर्षीय दल वहादुर खत्री, उहाँका छोरा ३२ वर्षीय सुरेस खत्री र गाडिचालक नलगाड –७ दल्लीका २५ वर्षिय चंखलाल वि।क। रहनु भएको छ । सडक वाट करीव ५ सय मिटरको दुरीमा तीन जनाको लास फेला परेको छ भने ट्याक्टर अझै फेला पार्न सकेको छैन स्थानीय प्रशान्त शर्माले घटना स्थलवाट जानकारी दिनु भएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले मृतक दलवहादुर र सुरेस एकै घरका वावुछोरा रहेकोे जानकारी दिनु भएको छ । दर्घटनामा ट्याक्टरका सह चालक नलगाड– ७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताउनु भयो । अहिले घटना स्थलमा प्रहरी र स्थानियले ट्याक्टरको खोजी गरिरहेको र अँधेरो भएका ले फेला पार्न नसकिएको जनाइएको छ । दुर्घटना कसरी भएको भन्ने वारे अनुसन्धान भइरहेको प्रहरी ले जानएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - ०८:१२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology