ललितपुर । ललितपुर महानगरपालिका–३ धोबिघाटस्थित सडकमा बा ४१ प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक
काठमाडौं कपन बस्ने रामेछाप मन्थली नगरपालिका–६ घर भएका ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।