Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज तीन वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुन बैंकको कति ?

आज तीन वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुन बैंकको कति ?

दैनिकी न्यूज

२३, कार्तिक २०७८
आज तीन वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुन बैंकको कति ?
images

काठमाडौं । मेगा बैक, सनराइज बैंक र प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७–७८ को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

मेगा बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने जनाएको छ । शेयरधनीलाई बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७–७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ।

प्राइम कमर्सियल बैंकले सोमबार बसेको सञ्चालक समितिको ४३३ औं बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । जस मध्ये १६ प्रतिशतका दरले बोनस शेयर र ०।६३१३ प्रतिशतका नगद लाभांश प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

 

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - १७:४५:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology