Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रभु बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

प्रभु बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

दैनिकी न्यूज

२३, कार्तिक २०७८
प्रभु बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
images

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७७–७८ को लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैठकले गतआवको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । 

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - १८:०२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology