Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गाउँपालिका अध्यक्ष सहित २३ जना माओवादी प्रवेश, यसरी गरे प्रचण्डले स्वागत

गाउँपालिका अध्यक्ष सहित २३ जना माओवादी प्रवेश, यसरी गरे प्रचण्डले स्वागत

दैनिकी न्यूज

२४, कार्तिक २०७८
गाउँपालिका अध्यक्ष सहित २३ जना माओवादी प्रवेश, यसरी गरे प्रचण्डले स्वागत
images

डोल्पा । जिल्लाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवालाई बुधबार एक कार्यक्रमबिच पार्टी प्रवेश गराएका हुन् । 

गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरे । यी जनप्रतिनिधि साथमा अरु युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर मार्फत प्रचण्ड अर्थमन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, सत्या पहाडीलगायतका नेता लिएर उपल्लो डोल्पा पुगेका थिए । स्थानीयले गाउँ विकासको लागि ६ बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - २०:४४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology