Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देउवाले मुख खोले, आगामी चुनावमा एक्लै लड्ने हो, कसैसँग पनि गठबन्धन हुन्न !

देउवाले मुख खोले, आगामी चुनावमा एक्लै लड्ने हो, कसैसँग पनि गठबन्धन हुन्न !

दैनिकी न्यूज

२८, कार्तिक २०७८
देउवाले मुख खोले, आगामी चुनावमा एक्लै लड्ने हो, कसैसँग पनि गठबन्धन हुन्न !
images

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् । 

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । देउवाले कांग्रेस एक्लै चुनावमा लड्न सक्ने बताए । ‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो,' देउवाले बैठकमा राखेको कुरा उदृत गर्दै एक नेताले भने, 'गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।' देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने पनि जानकारी दिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले काङ्ग्रेस सहितको अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने दाबी गरिरहेका बेला प्रधानमन्त्री समेत रहेका देउवाको प्रष्ट पारेका हुन् । काङ्ग्रेसमा गठबन्धन बनाएर चुनावमा जान नहुने मत बलियो बन्दै गएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - १९:५९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology