ललितपुर । नेकपा माओवादी केन्द्रले ललितपुरका ७१ वटै वडामा सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेको छ।
शनिबार एकसाथ सम्पन्न वडा सम्मेलनबाट जिल्लामा रहेका ६ वटै पालिकाका ७१ वटा वडामा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए।
‘आज ७१ वटै वडामा सम्मेलन सकियो, दाहालले भने, ‘सबै ठाउँमा निर्विरोध अध्यक्ष निर्वाचित भए।’ ललितपुर महानगरपालिकामा २९, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वटा वडा छन्। यस्तै बागमती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र र महांकाल गाउँपालिकामा ६ वटा वडा छन्।
ललितपुर महानगरको १ नम्बर वडामा श्याम तण्डुकार, २ मा बद्री तण्डुकार, ३ नम्बर वडामा सरोज महर्जन अध्यक्ष चुनिएका छन्। यसैगरी महानगरको ४ नम्बर वडामा आशिष बस्नेत, ५ मा अनिल श्रेष्ठ, ६ मा धर्मलाल महर्जन, ७ मा राजेन्द्र महर्जन, ८ मा धर्म महर्जन चुनिएका छन् । यस्तै ९ नम्बर वडामा राजमान अवाले, १० मा सुरेश श्रेष्ठ, ११ मा सुरेश महर्जन, १२ मा नानीछोरी महर्जन, १३ मा रमेश कोइराला, १४ मा दुर्गा देवान, १५ मा राजु नेपाल, १६ नम्बर वडामा नरेश महर्जन पनि शनिबार नै भएको सम्मेलनबाट वडाअध्यक्ष चुनिएका छन् । यसैगरी, ललितपुर महानगरकै १७ नम्बर वडामा रत्न महर्जन, १८ मा बिदुर खड्का, १९ मा ज्ञानेन्द्र बज्राचार्य, २० मा चिरण महर्जन, २१ मा धर्मराज डंगोल, २२ मा देवेन्द्र शाक्य, २३ नम्बर वडामा राजेश महर्जन, २४ नम्बर वडाको अध्यक्षमा पुरुषोत्तम खड्का, २५ मा सानुबाबु थापा, २६ मा राजु महर्जन, २७ मा कृष्णहरि महर्जन, २८ मा अशोक महर्जन र २९ वडामा पुष्परत्न महर्जन वडाध्यक्ष निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ।
यस्तै महालक्ष्मी नगरपालिकामा पनि शनिबार नै १० वटै वडाको अधिवेशन सकिएको माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य शिव कट्टेलले जानकारी दिए। ‘सबै वडामा शानदार रुपमा उत्साहपूर्वक सम्मेलन सकियो’, कट्टेलले भने, ‘माओवादीमा जनताको फेरि एकपटक चासो बढेको छ।' नगरपालिकाको १ नम्बर वडामा अभिषेक केसी अध्यक्ष चुनिएका छन् । २ नम्बर वडामा राजन सुवेदी, ३ नम्बरमा मनिष सुवाल, ४ मा कृष्णबहादुर तिरुवा, ५ मा शरद रानामगर, ७ मा मंगलदास श्रेष्ठ, ८ मा सानोकान्छा महर्जन, ९ मा ईश्वर श्रेष्ठ र १० मा पासाङ लामा अध्यक्ष चयन भएको कट्टेलले बताए।
गोदावरी नगरपालिकामा पनि सर्वसम्मत रुपमा १४ वटै वडामा अध्यक्ष चयन भएको माओवादी केन्द्र गोदावरी नगरपालिका इन्चार्ज राम दाहालले बताए। जसअनुसार वडा नम्बर १ मा राजेश थाप, २ मा रामचन्द्र पुरी, ३ मा सन्तोष तामाङ, ४ मा गौरव पहरी, ५ मा राजेन्द्रकुमार सिलवाल, ६ मा अष्ट्मान नगरकोटी, ७ मा प्रकाश तामाङ, ८ मा उपेन्द्र कलवार, ९ मा अक्कल मिजार, १० मा प्रकाश बजगाइ, ११ मा मदन महर्जन, १२ मा बासु महर्जन, १३ मा हीराकुमार खड्का र १४ मा सुरज महर्जन वडाध्यक्ष चयन भएका छन्।
यस्तै कोन्जोसोम गाउँपालिका वडा नम्बर १ मा कान्छालाल लामा, २ मा नमराज दाहाल, ३ मा सानुभाइ घिसिङ, ४ मा अविरल तामाङ र ५ मा विजयकुमार स्याङ्ताङ अध्यक्ष निर्वाचित भएको कोन्जोसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानले जानकारी दिए। यसैगरी बागमती गाउँपालिका वडा नम्बर १ मा राम लामा, २ मा सुनबहादुर वाइवा, ३ मा रामलाल थिङ, ४ मा संगीत लामा, ५ मा श्याम गौतम, ६ मा पदमबहादुर भोम्जन र ७ मा दुर्गा रुम्बा वडाध्यक्ष निर्वाचित भएको माओवादी केन्द्र बागमती गाउँपालिकाका अध्यक्ष भक्तबहादुर दर्लामीले जानकारी दिए। महाकांल गाउँपालिका वडा नम्बर १ मा पुरुषोत्तम तिमल्सिना, २ मा चन्द्रबहादुर भोम्जन, ३ मा रामहरि दुलाल, ४ मा चित्रराज बजगाइ, ५ मा षडानन्द बजगाइ र ७ मा माधवप्रसाद बन्जारा सर्वसम्मत रुपमा वडाध्यक्ष निर्वाचित भएको महाकांल गाउँपालिकाका संयोजक माधव दुलालले जानकारी दिए।