Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कतार

चार महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कतार

दैनिकी न्यूज

६, मंसिर २०७८
चार महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कतार
images

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् । पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् । कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कुवेत, ओमान र बहराइनलगायतका देश छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०७:१८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology