Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमालेको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

एमालेको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

दैनिकी न्यूज

१०, मंसिर २०७८
एमालेको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु
images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको नारायणी किनारामा हुने महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजेपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जनाएको छ ।

महाधिवेशन उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

चितवनमा हुने महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गर्ने कार्यक्रम तय भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुनेछ ।

एमालेले चितवन महाधिवेशनबाट आगामी ५ वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएको हो । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०८:४१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology