चितवन । नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन सत्र सकिए लगत्तै आज बन्द सत्र सुरु हुन लागेको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार आज विहान १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित विदेशी अतिथिहरु सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि शुक्रबार राती अबेर सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय गरेको छ ।
सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।