अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि काठमाडौंमा सुरु राप्रपाको एकता महाधिवेशनमा नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वमा कमल थापा र राजेन्द्र लिङदेनले दाबी गरेका छन् । अभिनेत्री थापाले लिङ्देन प्यानलबाट माहामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन् ।
राप्रपामा एक महिलासहित ३ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । तीमध्ये १ महिलासहित ३ जनानै अनिवार्य निर्वाचित हुनैपर्छ । यस्तै, यही पदमा अध्यक्षका अर्का प्रत्यासी कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेद्वारी दिने घोषणा गरिसकेकी छन् ।