Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पञ्च बोकेर काठमाडौं फर्कियो एमाले

पञ्च बोकेर काठमाडौं फर्कियो एमाले

दैनिकी न्यूज

१७, मंसिर २०७८
पञ्च बोकेर काठमाडौं फर्कियो एमाले
images

 काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् । 

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा हेटौंडामा मत माग्दै थापाले एमालेले १० औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका हुन् । ‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन्,’ थापाले भने ।  

अर्को प्रसंगमा नेता थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबारे टिप्पणी गर्दै राप्रपा महाधिवेशनले आफैँ विश्राम लिन गएको राजालाई जवर्जस्ती ल्याउन खोजेको बताए । ‘जनताको शक्ति र ताकतबाट र आफ्नो इच्छाले विश्राम गर्न गइबक्सेको महाराजालाई जवर्जस्ती ल्याउछु भन्दै भृकुटी मण्डपमा अधिवेशन चलिरहेको छ । त्यो अधिवेशनपछि पनि पुनरुत्थानवादी शक्ती मैदानमा आउँछ त्यसले पनि कुनै न कुनै वितण्डा मच्चाउछ, त्योसँग लड्न सक्ने ताकत नेपाली कांग्रेसले राख्नुपर्छ,’ उनले भने । यस्तै कांग्रेसले विभिन्न शक्तिहरूसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताए । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहेअनुसारको कांग्रेस नबन्ने उनको भनाइ थियो ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - २३:१०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology