चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखी चितवनमा सुरु हुँदैछ । भरतपुरस्थित दियालो पार्टी प्यालेसमा हुने महाधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेर सम्बोधन गर्दैछन् । देशभर रहेका पत्रकारहरू चितवनमा पुगिसकेका छन् । झण्डै हजार बढी पत्रकारको सहभागिता हुने महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ । अध्यक्षमा विष्णु सापकोटा जुगलको संभावना उच्च छ । अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।