Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा

प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा

दैनिकी न्यूज

१९, मंसिर २०७८
प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा
images

चितवन । प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्षमा विष्णु सापकोटा 'जुगल' निर्वाचित भएका छन् । आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्ष निर्वाचित गरेको निर्वाचन समितिका सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए । लामो समयदेखी जनपक्षीय पत्रकारितामा सक्रिय सापकोटा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक थिए ।  प्रेस सेन्टरको दुईदिनसम्म चितवनमा महाधिवेशन भएको थियो । आइतबार भएको बन्दसत्रपछि सापकोटालाई अध्यक्ष निर्वाचित गर्दै एकसय ८४ सदस्यीय केन्द्रिय समिति पनि निर्वाचित गरेको छ । पदाधिकारी चयन र कार्यविभाजन भने बाँकी छ ।  

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - १८:५२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology