Logo

आइतवार, श्रावण २४ गते २०८३

images

केसीलाई हराउँदै बानियाँ बने सभापति

केसीलाई हराउँदै बानियाँ बने सभापति

दैनिकी न्यूज

१९, मंसिर २०७८
केसीलाई हराउँदै बानियाँ बने सभापति
images

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेर बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भए । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १४ मत बदर भएको छ । 

बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उभिएको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् । बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् । यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - २२:३९:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology