Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेस महाधिवेशन : नयाँ नेतृत्व छान्न मतदान जारी, मध्यरात लाग्ने

काङ्ग्रेस महाधिवेशन : नयाँ नेतृत्व छान्न मतदान जारी, मध्यरात लाग्ने

दैनिकी न्यूज

२७, मंसिर २०७८
काङ्ग्रेस महाधिवेशन : नयाँ नेतृत्व छान्न मतदान जारी, मध्यरात लाग्ने
images

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सोमबार मतदान भइरहेको छ । निर्वाचन समितिले तोकेको समय सकिएपछि बढाएर ९ बजेसम्म पुर्‍याइएको छ । निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो सुरु भएको मतदानमा अहिलेसम्म तीनहजार २ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । बिहानदेखि लाइनमा बसेका कांग्रेस प्रतिनिधिहरू मतदानको पालो नआएपछि आक्रोसित बनेका छन् । केन्द्रीय निर्वाचन समितिले विहान ८ बजेदेखि मतदान गर्ने समय तोकेको थियो । महाधिवेशन प्रतिनिधिहरू बिहान ७ बजेनै प्रदर्शनी मार्ग पुगेर लाइन लागेका थिए ।   

निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतपत्र छपाईमै ढिला हुँदा मतदान प्रभावित हुन पुगेको बताए । मतदान गर्न धेरै समय लागेकाले पनि समस्या भएको उनले बताए । उनका अनुसार एक व्यक्तिले १३४ पदमा मत खसाल्नुपर्छ । छुट्टा–छुट्टै २९ मतपत्रमा मतदान गर्नुपर्छ । एक व्यक्तिलाई मतदान गर्नै एक घण्टासम्म लागेपछि कार्यकर्ताहरू निर्वाचन समितिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आक्रोसित छन् । बिहान जोस् जाँगर सहित मैदानमा उत्रिएका उम्मेदवारमात्रै होइन, उनका प्रचारमा खटिएका कार्यकर्तासमेत थाकेको दृश्य देखिन्छ । अहिले रातीसम्म पनि मतदान जारी छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - २०:००:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology