काठमाडौं । नेपाली काङ्ग्रेसको नेतृत्व चयनका लागि भएको मतदान सकिए लगत्तै सभापति पदको मत गणना गर्ने निर्वाचन समितिले जनाएको छ । राति ९ बजेसम्म ४ हजार ४ सयले मतदान गरिसकेका छन् । निर्वाचनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी छन् ।
बाँकी रहेका मतदाताले मत दिइसकेपछी आजै मतगणना सुरु गर्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार मतगणना राष्ट्रिय सभा गृहभित्र गरिने छ । सो स्थान आसपास सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अहिले मतदान्स्थलमा प्रधानमन्त्री समेत रहेका सभापति दौडका उम्मेदवार शेरबहादुर देउवा छन् । उनले पनि मतदान सकिए लगत्तै मतगणना सुरु गर्न सुझाव दिएका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व हत्याउन देय्वासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, डाक्टर शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।