Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेस महाधिवेशन : मतगणना सुरु, कति खस्यो मत ?

काङ्ग्रेस महाधिवेशन : मतगणना सुरु, कति खस्यो मत ?

दैनिकी न्यूज

२८, मंसिर २०७८
काङ्ग्रेस महाधिवेशन : मतगणना सुरु, कति खस्यो मत ?
images

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ । मतदानमा ४६ सय ८१ मतदाताले भाग लिएको निर्वाचन समितिले जनाएको छ । 

महाधिवेशनमा ४७ सय ४३ प्रतिनिधि सहभागी थिए । बिहान ११:२३ देखि सुरु भएको मतदान निकै ढिला सकिएको छ । निर्वाचन समितिले केहिबेरमै सभापति उम्मेदवारको मतगणना गर्ने जनाएको छ । त्यसका लागि मतपत्र जम्मा गरेर गणनास्थल राष्ट्रिय सभागृह जम्मा गरिएको छ । काङ्ग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डाक्टर शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । पहिलो चरणमा कसैले पनि ५० र १ पुर्‍याउन नसके फेरि दोस्रो चरणको निर्वाचन हुनेछ ।  

मतगणना स्थलमा रहेका हाम्रा सहकर्मीले जनाएअनुसार मतगणना स्थलको सुरक्षामा ५ वटा सिसि क्यामेरा जडान गरिएको छ । काङ्ग्रेसको मंसिर २४ गते १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको हो ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ००:१२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology