काठमाडौं । नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन अन्तर्गत सभापति पदको मतगणना जारी छ ।
मध्यरातदेखी जारी मतगणनामा सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
बिहान ७:३० सम्म प्राप्त मतपरिणाम अनुसार देउवाले तीन सय मतको अग्रता कायम गरेका छन् ।
२७२७ मत गणना हुँदा देउवा, १३१८ शेखर कोइराला १०३० प्रकाशमान सिंह २०४ विमलेन्द्र निधि १६६ कल्याण गुरुङ १२ मत ल्याएका छन् ।
नयाँ नेतृत्व चयन गर्न हिजो सोमबार मतदान भएको हो । कुल ४ हजार ६ सय ७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिमा देउवा, सिंह, निधि, कोइराला र गुरुङले उम्मेदवारी दिएका थिए ।