काठमाडौं । नेपाली काङ्ग्रेसको पहिलोचरणबाटै सभापति बन्न शेरबहादुर देउवा थोरै मतले चुकेका छन् ।
मध्यरातीदेखि जारी मतपरिणाम अनुसार देउवालाई बहुमत र थप एक मत ल्याउन थोरैले पुगेन ।
निर्वाचन समितिले घोषणा गरेको पछिल्लो परिणाम अनुसार देउवालाइ ८५ मत नपुगेको हो । अब दोस्रो चरणको मतदान हुनेछ ।
४ हजार ६ सय ७९ मतमा शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३४७, विमलेन्द्र निधिले २७३ र कल्याण गुरुङले ३२ मत पाएका छन् ।