Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित, अर्को बैठक पुस ६ गते

एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित, अर्को बैठक पुस ६ गते

दैनिकी न्यूज

२८, मंसिर २०७८
एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित, अर्को बैठक पुस ६ गते
images

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सकिएको छ। सभामुख अग्नि सापकोटाले अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।

आजदेखि सुरू भएको प्रतिनिधि सभाको १० अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेको थियो। मंगलबार दिउँसो बैठक सुरू भएलगत्तै एमालेका सासंदहरूले नाराबाजी सुरू गरेका थिए।

यसअघि एमालेले पटक–पटक अवरोध गर्दा संसद चल्न सकेको थिएन। पछिल्लोपटक प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बसेको थियो।

एमाले अवरोधकै बीच सभामुख अग्नि सापकोटाले आजको बैठकमा संसदको कारबाही अघि बढाएका थिए।

ठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गरे ।

यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गरेका थिए। यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गरे ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १६:५५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology