काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी छ । मंगलबार राति ९ बजेपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार अहिलेसम्म ४ हजार ४ सय मत खसेको छ । राति १० बजेसम्मका लगि मतदानको समय तय गरिएको छ ।
कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सोमबार भएको पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । सोमबार नै गरिएको मतगणनामा कुनै पनि सभापतिका उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गराइएको हो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवार दिएकोमा पहिलो चरणमा उत्कृष्ट मत ल्याउने देउवा र कोइरालाबीच अहिले दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ । सिंह, निधि र गुरुङ तीनैजनाले दोस्रो मतदानमा देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् ।