ललितपुर । नेपाली काङ्ग्रेसको उपसभापति पदको लागि भएको निर्वाचनको मतगणना जारी छ । बुधबार बेलुकादेखी काङ्ग्रेस पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका नेताको अग्रता कायम छ । निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार ३५५८ मत गणना हुँदा पुर्णबहादुर खड्का-१६३४ विजयकुमार गच्छदार -१४४३ चन्द्र भण्डारी -१२५७ धनराज गुरुङ -१४३७ सुजाता काेइराला-४३८ महेश आचार्य -४१३ दिव्यश्वरी शाह-११७ मत पाएका छन् ।