Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काङ्ग्रेस उपसभापतिमा खड्का जीत नजिक

काङ्ग्रेस उपसभापतिमा खड्का जीत नजिक

दैनिकी न्यूज

२९, मंसिर २०७८
काङ्ग्रेस उपसभापतिमा खड्का जीत नजिक
images

ललितपुर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन उपसभापति पदमा पुर्णबहादुर खड्का जीत नजिक छन् ।  

बुधबार भएको मतगणना अनुसार सभापति शेरबहादुर देउवा पक्षका खड्का बिजयी नजिक पुगेका हुन् ।  

निर्वाचन समितिका एक सदस्यले दिएको जानकारी अनुसार अब गन्न रहेको मत र खड्काले प्राप्त गरेको मत हेर्दा उनले जित्ने कन्फम जस्तै छ । 

काङ्ग्रेसको मंसिर २७ गते नयाँ नेतृत्वको लागि निर्वाचन भएको हो । बुधबार विहान सकिएको मतगणना अनुसार सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । 

काङ्ग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ दुबै निर्वाचन विधिबाट चयन हुनेछन् । अर्को एउटा उपसभापतिमा भने शेखर कोइराला पक्षका फ्हनराज गुरुङ र देउवा पक्षका विजय गच्छदारबिच तीब्र प्रतिस्पर्धा छ । मतगणना जारी छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २३:२६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology