Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

दैनिकी न्यूज

१, पौष २०७८
नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । बिहीबार सेयर मूल्य समायोजन हुनेमा सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त रहेका छन् । नेप्सेले सपोर्ट लघुवित्तको ३०५ बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

त्यस्तै, सूर्योदय लघुवित्तको २०५ बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १४ सय २७ रुपैयाँ ५ पैसा निर्धारण भएको छ ।

वोमी लघुवित्तको पनि २०५ बोन सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । 

images
प्रकाशित मिति :पौष १, २०७८ बिहिवार - ०८:५८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology