Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुई कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति पाए

दुई कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति पाए

दैनिकी न्यूज

२, पौष २०७८
दुई कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति पाए
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले बुधबार (पुस १ गते) छ्याङदी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

छ्याङदीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । बैंकले १ः१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - ०७:०२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology