काठमाडौं । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। त्यस्तै बैठकले देशभरका सम्बन्धित समुदायका लागि पनि बिदा दिने निर्णय गरेको छ ।
